काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा तालिका सार्वजनिक गरेको छ ।
आयोगले यस शैक्षिक सत्रका लागि चिकित्सा शिक्षा स्नातक तह अन्तर्गत अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवेदन आह्वान गरेको हो ।
यही पुस २४ देखि माघ २४ गतेसम्म अनलाइन आवेदन दिन सकिने आयोगले जनाएको छ । परीक्षा भने फागुन २४ गतेदेखि सञ्चालन हुनेछ । फागुन २४ गते एमबीबीएस कार्यक्रमको प्रवेश परीक्षा हुनेछ ।