logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले पुस २७ देखि एकीकृत कारोबार सुरू गर्ने

    नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले पुस २७ देखि एकीकृत कारोबार सुरू गर्ने

    1.5K
    Shares
    नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले पुस २७ देखि एकीकृत कारोबार सुरू गर्ने

    काठमाडाै‌ । नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) र मेगा बैंकले यही पुस २७ गतेदेखि एकीकृत कारोबार सुरू गर्ने भएका छन् । दुई बैंकले पुस अन्तिम सातादेखि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार थाल्ने भएका हुन् ।

    दुई कम्पनीले आसपमा १००ः९० को अनुपातमा मर्जर सम्झौता गरेका थिए । अर्थात इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर १०० कित्ता नै रहने र मेगाको १०० कित्ता बराबर ९० कित्ता रहने व्यवस्था हुनेछ ।

    इन्भेष्टमेन्ट र मेगाले एकीकृत कारोबार थालेपछि यो बैंकको चुक्ता पुँजी ३२ अर्ब ८० करोड रुपैयाँ हुनेछ । मर्जरअघि एनआईबीएलको चुक्ता पुँजी १८ अर्ब ३० करोड र मेगाको चुक्ता पुँजी १६ अर्ब ३२ करोड रुपैयाँ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend