logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • गण्डकीमा एमालेका खगराज अधिकारीले आज मुख्यमन्त्रीमा दाबी पेश गर्दै

    गण्डकीमा एमालेका खगराज अधिकारीले आज मुख्यमन्त्रीमा दाबी पेश गर्दै

    1.7K
    Shares
    गण्डकीमा एमालेका खगराज अधिकारीले आज मुख्यमन्त्रीमा दाबी पेश गर्दै

    काठमाडौं । गण्डकी प्रदेशका नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आज मुख्यमन्त्रीमा दाबी पेश गर्दै छन् ।

    सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको बाँडफाँटमा गण्डकी प्रदेश एमालेलाई परेपछि अधिकारीले प्रदेश प्रमुखसमक्ष आज मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् । अधिकारीलाई माओवादी र राप्रपाका प्रदेश सांसदहरुले समेत समर्थन गरेका छन् । गण्डकीमा एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसद छन् ।

    आइतबार बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले सातवटै प्रदेशको प्रमुख तीन पदको भागबण्डा टुंग्याएका थिए । त्यस अनुसार गण्डकी प्रदेशमा एमालेले ५ वर्ष मुख्यमन्त्री चलाउनेछ । सभामुख माओवादीले र उपसभामुख एमालेले लिनेछ ।

    एमालेले सरकारको नेतृत्व गरेपछि ६० सदस्यीय प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस अब प्रतिपक्षमा बस्ने भएको छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend