काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले दिएको विश्वासलाई ठेस लाग्न नदिने बताएका छन् । उनले आफ्नो पार्टीलाई ठुलो दल बनाएकोमा आम नेपालीलाई धन्यवाद दिए । निर्वाचनपछिको पहिलो संसदलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘निर्वाचनमा ठुलो दल कांग्रेस भएको छ। सम्पूर्ण नेपाली दाजुभाईलाई धन्यवाद। पार्टीका सबै साथीहरुको मेहेनतलाई धन्यवाद,’ कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले भने, ‘जनताले दिएको विश्वासलाई ठेस लाग्न दिने छैन।‘