logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • पुस २७ को बिदा नेपाल एकीकरण गर्ने एउटा नायकको सम्मानका लागि हो :  योगेश भट्टराई

    पुस २७ को बिदा नेपाल एकीकरण गर्ने एउटा नायकको सम्मानका लागि हो :  योगेश भट्टराई

    1.6K
    Shares
    पुस २७ को बिदा नेपाल एकीकरण गर्ने एउटा नायकको सम्मानका लागि हो :  योगेश भट्टराई

    काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सरकारले पुस २७ गते दिने सार्वजनिक बिदा पृथ्वीनारायण शाह राजाको जन्म दिनको रुपमा नभइ नेपाल एकीकरण गर्ने नायकको सम्मान भएको बताएका छन् ।

    सोमवार संसद बैठकपछि संसद बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै सचिव भट्टराईले पुस २७ गते दिने सार्वजनिक विदा पृथ्वीनारायण शाह राजाको जन्म दिनको रुपमा नभएर नेपाल एकीकरण गर्ने एउटा नायकको सम्मान भएको बताए ।

    पुस २७ गते धेरै महत्वपूर्ण राष्ट्रिय पर्व भएकाले सरकारले सार्वजनिक बिदा दिने कुरा स्वागतयोग्य भएको उनले बताए । उनले संसदमा राजनीतिक दलहरुको संख्या सत्ता शक्ति बदलियको भन्दै बदलिएको सन्दर्भमा सबै राजनीतिक दलहरुसँग सहमति कायम गरेर निजामति विद्येयकलाई अगाडि बढाइने बताए ।

    उनले नागरिकता विधेयकमा धेरै विवाद नभएको भन्दै अघिल्लो सरकारले एमालेसँग सहकार्य र संवाद नगरेका बताए । उनले वर्तमान सरकारले नागरिकता विद्येयक पास गर्न प्रतिपक्ष दलसँग समेत संवाद गर्ने जानकारी दिए ।

    उनले भने, ‘पुस २७ गते धेरै महत्वपूर्ण राष्ट्रिय पर्व हो । पुस २७ गतेलाई पृथ्वीनारायण शाहको जन्म दिन वा राजाको जन्मदिन भन्दा पनि पुस २७ गतेलाई नेपाल एकीकरण गर्ने एउटा नायकको रुपमा सम्मान हो । पुस २७ गते सार्वजनिक बिदा दिनु स्वागतयोग्य कुरा रहेको छ । संसदमा राजनीतिक दलहरुको संख्या सत्ता शक्ति बदलिएको छ । बदलिएको सन्दर्भमा सबै राजनीतिक दलहरुसँग सहमति कायम गरेर निजामति विद्येयकलाई अगाडि बढाउनुपर्ने छ । नागरिकता विद्येयकमा धेरै विवाद छैन केही एक हात कुराहरु मात्रै रहेका छन् । अघिल्लो पटक नै समाधान हुने थियो । तर सत्तापक्ष दलले त्यो बेला एमालेसँग सहकार्य र संवाद नै गरेन । वर्तमान सरकारले नागरिकता विधेयक पास गर्न प्रतिपक्ष दलसँग समेत संवाद गर्छ । प्रतिपक्षहरुको चासोहरुलाई पनि सम्बोधन गर्ने प्रयास गर्छौं । मेलमिलाप तथा सत्य निरुपण विधेयक ल्याउँदा प्रतिपक्ष दललाई अघिल्लो सरकारले बुझेन । तर वर्तमान सत्तापक्ष दलहरुले प्रमुख प्रतिपक्ष दलहरु अन्य दलहरुलाई सहमतिमा ल्याउने प्रयास गर्नेछौं । शान्ति प्रक्रियाका बाँकी विषय टुंग्याउन एमाले र माओवादीको मात्रै दायित्व नभएर काँग्रेसको पनि दायित्व रहन्छ । सबैसँग सहमति गरेर अगाडि बढ्छौं नभएर संसदीय पद्धतीमा जान्छौं ।’ उनले मेलमिलाप तथा सत्य निरुपन विद्येयक ल्याउँदा प्रतिपक्ष दलहरुलाई सहमतिमा ल्याउने प्रयास गरिने जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend