logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • हिमालयन एभरेष्ट इन्स्योरेन्सले कति प्रतिशत दिदैछ लाभांश

    हिमालयन एभरेष्ट इन्स्योरेन्सले कति प्रतिशत दिदैछ लाभांश

    2.9K
    Shares
    हिमालयन एभरेष्ट इन्स्योरेन्सले कति प्रतिशत दिदैछ लाभांश

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले २.८९ प्रतिशत लाभांश दिने भएको छ ।

    २६ पुस मंगलबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    कम्पनीले हाल काय चुक्ता पुँजी २ अर्ब २३ करोड ९९ लाख ३६ हजार ७०० रुपैयाँको २.७५ प्रतिशतले हुन आउने ६ करोड १८ लाख ९८ हजार ३०० रुपैयाँ बराबरको बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.१४ प्रतिशतले हुन आउने ३२ लाख ४२ हजार १६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    कम्पनीकोे प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend