logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नयाँ वर्ष मनाउन टुँडिखेलमा मगर समुदायको रौनक

    नयाँ वर्ष मनाउन टुँडिखेलमा मगर समुदायको रौनक

    1.6K
    Shares
    नयाँ वर्ष मनाउन टुँडिखेलमा मगर समुदायको रौनक

    काठमाडौं । मगर समुदायले नयाँ वर्ष मनाउने क्रम शुरु भएको छ । शुक्रवारबाट काठमाडौंको टुँडिखेलमा माघे संक्रान्ती पर्वको पूर्व सन्ध्यामा मगर समुदायले माघे नयाँ वर्ष मनाउन शुरु गरेका हुन् ।

    मगर समुदायले माघे संक्रान्तीलाई नयाँ वर्षको रुपमा मनाउने परम्परा रहेको छ । माघे संक्रान्ती पर्वको अवसरमा उनीहरुले मिठामिठा परिकारहरु बनाएर खाने, नाचगान र आफ्नो संस्कृति झल्किने पहिरनसहित रमाइलो गर्ने गर्छन् । शुक्रवारबाट उनीहरुले आफ्नाआफ्ना सांस्कृतिक नृत्यहरु प्रश्तुत गरेका छन् ।

    टुँडिखेलमा उनीहरुले मगर समुदायका मानिसहरु एक ठाउँमा जम्मा भएर सामुहिक रुपमा नाचगान गरिरहेका छन् । औपचारिक कार्यक्रम नभए पनि काठमाडौंमा मगर समुदायका युवायुवतीले आफ्नो परम्परागत पोशाक लगाएर नयाँ वर्ष मनाउने गर्छन् । नेपालको सबै जिल्लामा मगर जातिको बसोवास रहेपनि मगर समुदायभित्र पनि सांस्कृतिक, भाषिक र सामाजिक विविधता पाइन्छ । मौलिक संस्कृतिको रूपमा मगरले माघे संक्रान्ती भूम्यापूजा, वैशाख पूर्णिमा, साउने संक्रान्ती आदि चाडपर्व सबैले मनाउने गर्दछन् भने भाषिक रूपले मगरले बाह्र मगरात (मगर ढुट), अठार मगरात (मगर खाम/पाङ) र मगर काइके बोल्ने गर्दछन् ।

    मौलिक कला–संस्कृतिका हिसावले मगर मा हुर्रा, सोरठी, कौडा, मारुनी, पैँस्यारु, टप्पा, घाँटु, यानीमाया आदि नाचगान प्रचलित छन् । माघे संक्रान्ती चाड विशेषतः चेली तिहारको रूपमा मनाइन्छ । नयाँ यामको शुरुवात माघे संक्रान्तीका दिनदेखि उभौँली शुरु भई साउने संक्रान्तीमा समापन हुने र सोही दिनदेखि उँधौली शुरु हुने प्रचलन छ । यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी सबैले बिहानको पहिलो प्रहरमा मुल र धारालाई जमरा र पातीले सजाउने साथै नुहाइधुवाइ गरेर महिलाले मुलको पानी र जमरास्वरूप जौको पात लिएर घरको ‘धुरी खाँबो’मा पूजा गर्ने गर्छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend