पोखरा । गण्डकी प्रदेशसभाको उपसभामुखमा एमालेकी बिना थापा निर्वाचित भएकी छन् । नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थापाले ३२ मत प्राप्त गरी उपसभामुखमा निर्वाचित भएकी हुन् । यसैगरी कांग्रेसबाट उपसभामुखको उम्मेदवार बनेकी पार्वती तामाङले २६ मत प्राप्त गरेकी छिन् ।
नवनिर्वाचित उपसभामुख थापालाई सत्तारुढ गठबन्धन लगाएत स्वतन्त्र सांसदहरुको समर्थन थियो । उनलाई एमालेका २२, माओवादीका ७, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेको १ गरी ३२ मत प्राप्त भएको छ ।
प्रदेशसभाका कुल ६० सदस्यमध्ये सभामुख कृष्णप्रसाद धिताल तटस्थ बसेका थिए । यसैगरी कांग्रेसका एक जना प्रदेशसभा सदस्य मतदानमा अनुपस्थित थिए ।यसैगरी गण्डकीको सभामुखमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् । गत शनिबार गण्डकीको सभामुखमा मतदान भएको थियो ।