logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • स्वास्थ्य क्षेत्रमा रहेको जनशक्तिको अभावलाई चाँडै परिपूर्ति गछौं : राज्यमन्त्री डा. कार्की

    स्वास्थ्य क्षेत्रमा रहेको जनशक्तिको अभावलाई चाँडै परिपूर्ति गछौं : राज्यमन्त्री डा. कार्की

    1.1K
    Shares
    स्वास्थ्य क्षेत्रमा रहेको जनशक्तिको अभावलाई चाँडै परिपूर्ति गछौं : राज्यमन्त्री डा. कार्की

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले स्वास्थ्य क्षेत्रमा रहेको जनशक्तिको अभावलाई चाँडै परिपूर्ति गर्ने बताएकी छन् । उनले उपकरण, सिटि स्क्यान, एमआरआईको कमीलाई अब चाँडै पूर्ति गर्नेकुरामा मन्त्रालय लाग्ने बताइन् । बिहीवार वीर अस्पतालमा क्याथ ल्याबको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

    उनले भनिन्, ‘जनशक्तिको कमी भएका कुरा, उपकरण, सिटि स्क्यान, एमआरआईको कमीका कुराहरु आएका छन् । साथै आजबाट शुरु हुन लागेको क्याथ ल्याबमा पनि केही मेसिनहरुको समस्या रहेको कुरा आएको छ, यसमा हाम्रो ध्यानाकर्षण भएको छ । यसमा अध्ययन गर्नेछौँ, के गर्नुपर्छ हामी गर्नेछौँ । दरबन्दीको लागि के गर्न सकिन्छ, लोकसेवा परीक्षा चाँडो गराएर स्थायी दरबन्दी बढाउने कुरामा अघि बढ्नेछौँ ।’

    मन्त्री कार्कीले लोकसेवाको परीक्षा चाँडो गराएर आवश्यक स्थायी दरबन्दी बढाउने कुरामा सरकार लाग्ने बताइन् । वीर अस्पतालमा सन् १९८५ मा क्याथ ल्याब सेवा शुरु भएको थियो तर २००० सालबाट बिस्तारै सेवा अवरुद्ध भएको थियो । त्यसपछि सन् २०२३ बाट पुनः सेवा शुरु हुन लागेको हो । सन् १९८५ मा राजा वीरेन्द्र वीरविक्रम शाहले नेपालमा पहिलोपटक वीर अस्पतालबाट नै क्याथ ल्याब सेवाको उद्घाटन गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend