काठमाडौँ । नेपाली कांग्रेसले उपसभामुखमा पनि उम्मेदवारी दिने भएको छ । शुक्रबार विहान कांसभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले उपसभामुख उठाउने निर्णय गरेको हो ।
कांग्रेसले उपसभामुखमा सांसद मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यादव समानुपातिकबाट सांसद भएकी थिइन् ।
कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो । उनी एमालेका देवराज घिमिरेसँग पराजित भएकी थिइन् ।