logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नबिल बैंकले दोस्रो त्रैमासमा नाफा कति ?

    नबिल बैंकले दोस्रो त्रैमासमा नाफा कति ?

    2.8K
    Shares
    नबिल बैंकले दोस्रो त्रैमासमा नाफा कति ?

    काठमाडौँ । नबिल बैंकले चालू आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले पुस मसान्तसम्मको त्रैमासिक तथ्यांक सार्वजनिक गर्दै उक्त नाफा आर्जन गरेको जानकारी दिएको हो यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ५६.६७ प्रतिशतको वृद्धि हो । यस्तै, यस अवधिमा बैंकको सञ्चालन नाफा समेत बढेको छ ।

    गत वर्षको यही अवधिको तुलनामा ५६.०६ प्रतिशतले बढेर सञ्चालन नाफा ४ अर्ब ८६ करोडभन्दा माथि पुुगेको छ । बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएको थियो ।

    दोस्रो त्रैमासिक तथ्यांकअनुसार बैंकको ब्याज आम्दानी बढ्दा नाफा बढेको देखिन्छ । यस अवधिमा बैंकले खुद ब्याज नाफामार्फत ७ अर्ब ८३ करोडभन्दा बढी आर्जन गरेको छ । यो गत वर्षको तुलनामा ८५.६३ प्रतिशतले बढी हो । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी २५.३३ रुपैयाँ पुुगेको छ भने प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँभन्दा माथि छ । हाल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २५ अर्ब ५७ करोड ४१ लाख रुपैयाँ रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend