logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • किसानलाई बर्ड फ्लुबाट भएको क्षतिपूर्ति दिन मन्त्रालय तयारी गर्दैछ : मन्त्री साह

    किसानलाई बर्ड फ्लुबाट भएको क्षतिपूर्ति दिन मन्त्रालय तयारी गर्दैछ : मन्त्री साह

    1.4K
    Shares
    किसानलाई बर्ड फ्लुबाट भएको क्षतिपूर्ति दिन मन्त्रालय तयारी गर्दैछ : मन्त्री साह

    काठमाडौं । कृषि तथा पशुुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले नेपालमा पोषक तत्व प्रोटिनको उपलब्धता पर्याप्त नभएको बताएकी छन् । शनिवार काठमाडौंमा आयोजित दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथन कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् ।

    उनले गरिबी समुदायको बालबालिकाहरुको प्रोटिनको कमीका कारण नेपामा ठूलो संख्यामा कुपोषणको समस्या आइरहेको बताइन् । उनले बालबालिकाको उमेरअनुसार समग्र विकासमा सन्तुलित आहारको आवश्यक्ता भएपनि आवश्यक प्रोटिनको उपलब्धता नहुँदा विभिन्न रोगहरुको शिकार भइरहेको बताइन् । उनले कृषि मन्त्रालय खाद्यान्नहरुमा नेपाललाई आत्मनिर्भर बनाउन प्रयासरत रहेको पनि उल्लेख गरिन् । उनले किसानहरुले कुखुराको आहारको उचित मूल्य नपाएको र बर्डफ्लुबाट भएको क्षतिको आवश्यक क्षतिपूर्ति पनि नपाइरहेको बताइन् । उनले बर्ड फ्लुबाट भएको क्षतिअनुसार क्षतिपूर्ति दिन मन्त्रालय तयारी गरिरहेको पनि बताइन् ।

    उनले भनिन्, ‘पोषक तत्व प्रोटिनको उपलब्धता नेपालमा पर्याप्त छैन । गरिबी समुदायको बालबालिकाहरुको प्रोटिनको कमीका कारण नेपामा ठूलो संख्यामा कुपोषणको समस्या रहेको देखिन्छ । बालबालिकाको उमेरअनुसार समग्र विकासमा समेत सन्तुलित आहारको आवश्यक्ता हुन्छ । र त्यसैले सबै जनताको पहुँचमा यसको बिस्तार गर्न आवश्यक रहेको छ । मन्त्रालय यस्ता खाद्यान्नहरुमा नेपाललाई आत्मनिर्भर बनाउने प्रयासरत छ तर अहिले पनि दुर्भाग्य देशमा उत्पादन गर्न सकिने खाद्य श्रोतहरुको आयातमा खर्बौं रुपैयाँ विदेशीहरेको छ । अण्डा र कुखुराको मासुमा नेपाल लगभग आत्मनिर्भर रहेको छ । तर किसानहरु बर्डफ्लु दानाको उचित मूल्य नपाउँदा चिन्तित छन्, बर्ड फ्लुबाट परेको असरलाई कम गर्न साना कृषकलाई लगानी अनुसारको प्रतिफल पाउन संघर्ष गरिरहेको समस्याबाट ग्रस्त छ । बर्ड फ्लुको क्षतिको नियमानुसार क्षतिपूर्ति दिलाउन मन्त्रालय लागिपरेको छ ।’

    मन्त्री साहले कृषि तथा पशुजन्य उत्पादनहरु बढाइ कृषिमा आत्मनिर्भर हुन लागिपरेको बताइन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend