काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले आफु बोल्नेमात्र नभई काम गरेर नतिजामा पनि देखाउने बताएका छन् । फरार प्रतिवादी संसद्मा आउँदा पनि पक्राउ गर्न नसकेको विषयमा चाँडै नतिजा आउने बताएका हुन् ।
प्रतिनिधिसभाको बैठकपछि उनले अब त्यो विषयमा नतिजा आएपछि मात्रै बोल्ने बताए ।
‘मैले बोल्नेमात्रै होइन, त्यो नतिजामा पनि देखिने हो । यो विषयमा पनि त्यही हो,’ उनले भने, ‘हामीले निर्देशन गरिसकेका छौं ।अब नतिजामा देख्नुहुन्छ ।’
उनले आफूले नतिजामुखी काममा ध्यान दिइरहेको बताए ।