logo

२०८१ मंसिर १ शनिबार

logo
  • शनिबार, १ मंसिर २०८१
  • हर्क साम्पाङले धरानमा पनि चलाए अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर

    हर्क साम्पाङले धरानमा पनि चलाए अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर

    1.2K
    Shares
    हर्क साम्पाङले धरानमा पनि चलाए अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर

    धरान । धरान उपमहानगरपालिकाले पनि अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन थालेको छ ।

    सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन उपमहानगरपालिकाले डोजर चलाएको छ । आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको हो ।

    ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी अतिक्रमित जग्गा खाली गराइएको नगरप्रमुख हर्क साम्पाङले बताए ।

    डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीयबासिन्दा बीच झडप भएकाे छ । झडप हुँदा उपमहानगरको डोजरको सिसा फुटेका छन् भने केही व्यक्ति सामान्य घाइते भएको प्रहरीको भनाइ छ ।

    धरान ५ मा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर निर्माण गरेको भन्दै धरान उपमहानगरपालिकाले आज (आइतबार) बिहान मुना चौधरी लिम्बूले बनाएको घर भत्काएको हो । उपमहानगरले घर निर्माण नगर्न पत्राचार गर्दा समेत अटेर गरी घर निर्माण गरेको आरोप लगाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend