logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • काँग्रेस संस्थापनइतर पक्षको बैठकः काँग्रेसले स्पष्ट दृष्टिकोण राखेर हिँड्न सकेन

    काँग्रेस संस्थापनइतर पक्षको बैठकः काँग्रेसले स्पष्ट दृष्टिकोण राखेर हिँड्न सकेन

    1.6K
    Shares
    काँग्रेस संस्थापनइतर पक्षको बैठकः काँग्रेसले स्पष्ट दृष्टिकोण राखेर हिँड्न सकेन

    काठमाडौं । नेपाली काँग्रेसको शेखर कोईराला पक्षको बैठकमा पार्टीको भुमिकामाथि प्रश्न उठाइएको छ । आईतवार काठमाडौंमा बसेको बैठकमा नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थनका बारेमा प्रश्न उठेको हो ।

    बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेस संस्थापन इतर पक्षका नेता चन्द्र भण्डारीले काँग्रेस दोधारमा रहेको भन्दै प्रश्न उठ्न थालेकाले छलफल गरेको बताए । उनले पार्टी कार्यकर्ता, मतदाता र नेताहरुमा नै काँग्रेसले स्पष्ट दृष्टिकोण राखेर हिँड्न नसकेको बारेमा छलफल गरिएको बताए । काँग्रेस आगामी दिनमा पनि राष्ट्रपति पाउने आशमा बस्ने हो की प्रतिपक्षमा बस्ने हो भन्ने बारेमा स्पष्ट हुनुपर्ने आवश्यक्ता रहेको बताए ।

    उनले भने, ‘काँग्रेस किन कन्फ्युजनमा छ ? किन स्पष्ट दृष्टिकोण लिएर हिँड्ने शक्तिहरु छैनन् भन्नेकुराको प्रश्न आम कार्यकर्तामा उठ्न थालेको छ । फिनी हराइसक्यो अझै गहुँका कुरा गर्ने ? काँग्रेस प्रतिपक्षमा बस्ने वा अझै पनि राष्ट्रपति पाउँछु की के पाउँछु भनेर हिँड्ने त्यही हो काँग्रेसको इतिहास ? त्यसका लागि काँग्रेस लडेको हो ? यी तमाम प्रश्नहरुको बारेमा जवाफ दिनको लागि बैठक बसेका हौँ । कसैलाई आघात, अपमान, असहज बनाउनको लागि बैठक बसेको होइन ।’

    सांसद भण्डारीले बैठकमा काँग्रेसले आफ्नो इतिहास बिर्सिनु नहुने भन्दै अरुलाई अपमान गर्न, असहज बनाउनका लागि बैठक नबसेको स्पष्ट पारे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend