धरान । सुनसरी निवासी कमला राईले आफ्नो जेठी छोरी रुबिना राईको विवाहमा जीवन बीमा योजना उपहार दिएकी छन् । यही माघ ६ गते भएको विवाहमा कमला राईले आफ्नो छोरी रुबिना राई र ज्वाइँ सञ्जित लिम्बुलाई वैवाहिक जीवनको शुभकामना प्रदान गर्दै प्रभु लाइफ इन्स्योरेन्सको उक्त जीवन बीमा योजना उपहार दिएकी हुन् ।
आफ्नो छोरीको विवाहका अवसरमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको कमला राईले बताइन् । जीवन बीमा योजना उपहार दिँदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको सुरुवात हुने विश्वास व्यक्त गरिन् ।
कमला राई प्रभु लाइफ इन्स्योरेन्सको धरान शाखा अन्तर्गत बीमा अभिकर्ता वरिष्ठ एजेन्सी म्यानेजर हुन् । समाज परिवर्तन आफैबाट हुनुपर्छ, उनले जीवन बीमा पोलिसी हस्तान्तरण गर्दै भनिन् ।
वैवाहिक कार्यक्रममा स्थानीय, आफन्त, पाहुनाका साथै प्रभु लाइफ इन्स्योरेन्सका तर्फबाट प्रदेश १ प्रमुख पुष्कर भट्टराई र धरान शाखा प्रमुख सन्तोष राई एवं अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।
जीवन बीमा उपहार प्रदान गर्नुभएकोमा प्रदेश प्रमुख पुष्कर भट्टराईले बधाई तथा नयाँ संस्कारको सुरुवात गर्नुभएकोमा धन्यवाद व्यक्त गरे । धरान शाखा प्रमुख सन्तोष राईले जीवन बीमा गर्नलाई धेरै ठूलो आर्थिक स्रोत चाहिन्छ भन्ने हुन्न, भईरहेको आम्दानीबाट हुने खर्चलाई व्यवस्थापन गरेर पनि सहजै जीवन बीमा गर्न सकिने बताए ।