logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण

    कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण

    4.3K
    Shares
    कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण

    तनहुँ । गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी तनहुँमा निर्माणाधीन मोटरेबल पुलको निर्माण तीव्र गतिमा अघि बढाइएको छ ।

    तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ सो पुलले जोड्ने छ । पुलको हालसम्म ५२ प्रतिशत काम सम्पन्न भएको पुल निर्माण समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए ।

    सङ्घीय सरकारको रु २४ करोडको लागतमा पुल निर्माण सुरु भएको हो । आर्थिक वर्ष ०७३/७४ मा सम्झौता गरी आव ०७९/८० असार मसान्तभित्र सम्पन्न गर्ने गरी शर्मा एन्ड कम्पनी युनाइटेड बिल्डर्स एन्ड रमण जेभीले ठेक्का सम्झौता भएको जनाइएको छ ।

    हालसम्म तनहुँतर्फ तीन पाल्पामा एक र नदीको बीच भागमा एक पिल्लर निर्माण भएको छ । नदीमा बाँध बाँधेर नदीको बहावलाई परिवर्तन गरी निर्माण भइरहेको उनले बताए । पुलको लम्बाइ दुई सय १० र चौडाइ १०.५० मिटरको हुनेछ । निर्माण समितिका सचिव डानस मल्लले सो स्थानमा केही वर्षअघि झोलुङ्गे पुल निर्माण गरिएकोे जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend