काठमाडौं । सन्दीप लामिछानेले ‘उज्यालो अघि सधैँ अँध्यारो हुने प्रतिक्रिया दिएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु मैदानमा आयोजना हुने आईसीसी त्रिदेशीय एकदिवसीय श्रृंखलाका लागि बन्द प्रशिक्षणमा बोलाएका खेलाडीको सूचीमा नपरेपछि
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।
बलात्कार आरोपमा जेल परेका सन्दीप २० लाख धरौटीमा रिहा भएका थिए । उनी रिहा भएपछि बन्द प्रशिक्षणमा बोलाउनेरनबोलाउने अन्यौलमा क्यान रहेको थियो । क्यानले शुक्रवार बन्द प्रशिक्षणमा बोलाउने खेलाडीको सूचीमा उनको नाम समावेश गरेन ।
त्यसपछि सन्दीपले फेसबुकमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
।