काठमाडौं । राष्ट्रपति विदादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गृह मन्त्रालयको जिम्मेवारी दिएकी छन् ।
शनिबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाललाई गृहमन्त्रालयको कार्यभार तोकेको जानकारी दिएको हो ।
विज्ञप्तिमा गृहमन्त्री रवि लामिछानेले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएकाले गृहमन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहाललाई दिइएको उल्लेख छ ।