logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • लुम्बिनी विकासका कर्मचारीलाई क्यालेण्डर अनुसार काम गर्न मन्त्री किराँतीकाे निर्देशन

    लुम्बिनी विकासका कर्मचारीलाई क्यालेण्डर अनुसार काम गर्न मन्त्री किराँतीकाे निर्देशन

    1.2K
    Shares
    लुम्बिनी विकासका कर्मचारीलाई क्यालेण्डर अनुसार काम गर्न मन्त्री किराँतीकाे निर्देशन

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले लुम्बिनी विकासका कर्मचारीलाई क्यालेण्डर अनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएका छन् ।

    आईतवार लुम्बिनी विकास कोषले आयोजना गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र राज्यमन्त्रीलाई स्वागत कार्यक्रममा बोल्दै मन्त्री किराँतीले लुम्बिनी विकास कोषले देखाएको कार्यप्रगतिको रिपोर्ट सन्तोषजनक नभएको भन्दै कोषका कर्मचारीलाई क्यालेण्डर अनुसार कार्ययोजना बनाएर काम गर्ने निर्देशन दिए ।

    उनले लुम्बिनी जस्तो पवित्र स्थलको काम इमान्दारिताका साथ गर्न आग्रह गरे । मन्त्री किराँतीले लुम्बिनीको विकास गर्न कोषसँग बजेट, कार्यक्रम हुँदाहुँदै काम नभएको भन्दै अब भने योजना अनुसारको काम चाहिने बताए । उनले नेपालको संविधान कानून अनुसार संरचनाहरु निर्माण भएको भन्दै संरचनाहरुमा कर्मचारी भएर पनि काम किन नभएको ? भन्दै प्रश्न गरे । उनले लुम्बिनी विकासको बाँकी काम गर्न क्यालेण्डर अनुसार सात दिन, एक महिना, तीन महिना, ६ महिना र एक वर्षमा के गर्ने भन्ने कार्ययोजना बनाउन निर्देशन दिए ।

    गौतम बुद्धको जन्मथलो लुम्बिनी मागि खाने भाँडो नभएर बौद्ध धर्माबलम्वीहरुको नाभी तथा ढुकढुकी भएको बताए । मन्त्री किराँतीले कर्मचारीहरुलाई पवित्र थलोमा बसेर अपवित्र कर्म नगर्न आग्रह गरे ।

    नेपालले गौरवका साथ विश्वमा गौतम बुद्धको नाम बेच्ने, पवित्र थलो लुम्बिनी भन्ने तर लुम्बिनीमा नै अपवित्र काम गर्न कसैलाई छुट नभएको उनको भनाई थियो ।

    उनले भने,‘ लुम्बिनी विकास कोषको रिपोर्टमा म सन्तोष छैन । मन्त्री भएर होइन लुम्बिनी विकास कोषको अध्यक्ष भएर बोल्दै छु । विश्व सम्पदा बौद्धधाम मात्रै नभएर गौतम बुद्धको जन्मस्थल फोहोर छ भनेर चीनमा सुनेको थिए । लुम्बिनीमा गाउँहरु ल्याएर चराइन्छ रे त्यहाँ गाईको गोब्बर मात्रै छ भन्छन् । गौतम बुद्ध भगवान होइनन् भगवान फोहोरमा बस्नुहुन्छ । यति ठूलो जिम्मेवारीमा राज्यले पत्याएर लुम्बिनी विकास कोषमा काम गर्न पठाएको छ । लुम्बिनी विकास गर्न बजेट छ,कार्यक्रम छ तर काम किन छैन ? नेपालको संविधान अनुसार कानून छ,कानून अनुसार संरचनाहरु निर्माण भएका छन,संरचनाहरुमा कर्मचारीहरु छन् तर काम किन छैन ? अब काम चाहियो । लुम्बिनी विकासको बाँकी काम गर्न क्यालेण्डर अनुसार कार्ययोजान चाहिन्छ । दायाँबायाँ केही छैन । सात दिन,एक महिना, तीन महिना,६ महिना र एक वर्षमा के गर्ने भन्ने क्यालेण्डर अनुसार कार्ययोजना चाहियो । लुम्बिनीलाई विकास गर्ने नाममा मागी खाने भाडो बनाउनु भएन । विश्वमा सबैभन्दा बढी बौद्धधर्मसँग सम्बन्धित धर्मालम्बीहरु रहेका छन् । गौतम बुद्ध बौद्ध धर्मलम्वीहरुको नाभी हो । ढुकढुकी हो । हाम्रो चाहीँ मागी खाने भाँडो हो त ? कर्मचारीहरुले पवित्र थलोमा बसेर अपवित्र कर्म गर्नु हुँदैन । हामीले गौरवका साथ विकासमा गौतम बुद्धको नाम बेच्ने,पवित्र थलो लुम्बिनी भन्ने लुम्बिनीमा नै अपवित्र काम गर्ने ? लुम्बिनी विकास कोषका कर्मचारी माथि विश्वको आँखा रहेको छ । त्यसकारण कर्मचारीहरु गम्भिर हुनुहोला ।’

    लुम्बिनी विकास कोषको काम भएन भनेर कर्मचारी सरुवा गरेर रमिता नदेखाउने बताउँदै उनले कर्मचारी सरुवा तथा थर्काउने पुरानो प्रवृत्ति भएको भन्दै वर्तमान सरकार कर्मचारीहरुबाट क्यालेण्डर अनुसार कामको परिणाम ल्याउने पक्षमा रहेको बताए ।

    मन्त्री किराँतीले कर्मचारीहरुलाई जस्केला वा झ्यालबाट छिरेर काम गर्ने कोशिस नगर्न चेतावनी समेत दिए । उनले आफू देशको हीत विपरित हुने कुनैपनि क्रियाकलापसँग सम्झौता नगर्ने बताए ।

    उनले भने, ‘हामी कोही कर्मचारी सरुवा गरेर रमिता देखाउने छैनौं । तर काम चाहियो । कर्मचारी थर्काएर केही बुझ्न नपाई सरुवा गर्ने पुराना प्रवृत्ति हो । हामी पुरानो प्रवृत्ति दोहोर्‍याउने वाला छैनौं । हामीलाई काम चाहियो । तर क्यालेण्डरको आधारमा रिजल्ट ल्याउन सकिएन भने अन्य धेरै तिर बल नगर्नु होला । जस्केला वा झ्यालबाट छिर्ने कोशिस नगर्नुस् । केही छैन । वडा अध्यक्ष पनि हुदिन भन्ने थियो । मन्त्री भए पद गए जान्छ तर सम्झौता देशको हीत विपरित हुने क्रियाकलापसँग हुँदैन । सरकारले नीतिमा कहाँ सहयोग गर्नु पर्ने हो । यहाँ भन्नुस् । हामी नीतिमा सहयोग गर्न तयार छौं । आफूसँग कुनै स्वार्थ छैन । म आफैँ फाइल बोकेर जानु नपरोस् ।’

    कार्यक्रममा पर्यटन सचिव सुरेश अधिकारीले लुम्बिनी विकास गुरुयोजना भन्दा बाहिर संरचना निर्माण भएको स्वीकार गरे । उनले गुरुयोजना भन्दा बाहिरका संरचना बनाउनुपर्ने बाध्यता भएपनि कतिपय बनाउनु नपर्ने संरचना बनाइएको जानकारी दिए ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend