काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम काँचो सुनसहित एक यात्रु पक्राउ परेका छन् ।
विमानस्थल भन्सारले क्यानडाको पासपोर्ट बोकेका ३५ वर्षिय मोहमद कमल महगौबलाई नियन्त्रणमा लिएको हो ।
दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा गएरति १२ः१० बजे काठमाडौं उत्रिएका थिए ।
थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ।