काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक फेरि सरेको छ ।
शुक्रबार दिउँसो तीन बजे बोलाइएको बैठक प्रधानमन्त्रीको व्यस्थताका कारण भोलि दिउँसो १ बजेसम्मलाई सारेको माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।
बिहीबार बोलाइएको बैठक एजेन्डामै प्रवेश नगरी स्थगित भएको थियो।