काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदावरी नदिने निर्णय गरेको छ। आइतबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
उनले भने, ‘‘विपक्षी दलहरूसँगको छलफलपछि राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको छ।”
सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याय उम्मेदवरी दिने भएकी छन्।