logo

२०८१ असोज २१ सोमबार

logo
  • सोमबार, २१ असोज २०८१
  • एनएमबी बैंकले ल्यायो ‘इन्स्टा बाइ’ सेवा

    एनएमबी बैंकले ल्यायो ‘इन्स्टा बाइ’ सेवा

    1.3K
    Shares
    एनएमबी बैंकले ल्यायो ‘इन्स्टा बाइ’ सेवा

    काठमाडौं । एनएमबी बैंकले नयाँ क्रेडिट कार्ड किस्ता सुविधा–इन्स्टा बाइ लन्च गरेको छ। यो नयाँ सुविधाले ग्राहकहरूलाई आफ्नो क्रेडिट कार्ड खरिदहरूलाई व्यवस्थित मासिक भुक्तानीहरूमा विभाजन गर्ने सुविधा प्रदान गर्नेछ।  यस सुविधाको साथ ग्राहकहरूले आफ्नो खरिदहरू बराबर मासिक किस्ताहरूमा भुक्तान गर्न छनौट गर्न सक्नेछन् त्यो पनि न्यूनतम ब्याजदरमा।

    यो सुविधामार्फत अस्पतालको बिल, होटलको बिल, रेस्टुरेन्टको बिल र यस्तै अन्य सेवाहरूको भुक्तानी पनि इएमआइमा रूपान्तरण गर्न सकिने बैंकले बताएको छ।  यो सुविधा ठूला खरिदहरूको लागि वा लामो अवधिमा आफ्नो खरिदहरूको लागत फैलाउन चाहने ग्राहकहरूको लागि उत्कृष्ट विकल्प रहेको बैंकको भनाइ छ।

    यो सुविधा प्रयोग गर्न ग्राहकहरूले केवल बैंकको वेबसाइटमा लगइन गरी प्रडक्ट एण्ड सर्भिसेसमा क्लिक गरी वैकल्पिक डेलिभरी च्यानल अन्तर्गत इन्स्टा बाइ चयन गरी आफ्नो खरिदको भुक्तानी गर्न चाहेको कुल महिनाको संख्या सहित विवरणहरू भर्नुपर्ने हुन्छ। यो नयाँ फिचरले ग्राहकहरूलाई आफ्नो क्रेडिट कार्ड अनुभवमा अमूल्य सेवा थपिने विश्वास बैंकले लिएको छ।

    एनएमबी दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो। बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गदै आइरहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend