logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • संघीय संसद भवन भित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने उपाध्यक्ष नेम्वाङको प्रस्ताव

    संघीय संसद भवन भित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने उपाध्यक्ष नेम्वाङको प्रस्ताव

    1.8K
    Shares
    संघीय संसद भवन भित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने उपाध्यक्ष नेम्वाङको प्रस्ताव

    काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवाष नेम्वाङले संघीय संसद भवन भित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

    बुधबार बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा उहाँले सो प्रस्ताव रमखेका हुन् । संसद भवनको मूलगेटमा पत्रकारहरु बन्दुक तेस्र्याए जसरी क्यामेरा तेस्र्याएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि नियमनै बनाएर सो कक्ष बनाउन उपयुक्त हुने उपाध्यक्ष नेम्वाङको तर्क थियो । उनले सो कक्ष दलका नेताहरु, सांसदहरु र संघीय संसद सचिवालयका पदाधिकारीहरुलाई पत्रकार भेटघाटका लागि पनि सहज हुने पनि स्मरण गराए ।

    उपाध्यक्ष नेम्वाङले भने, ‘त्यो गेटभन्दा बाहिर एकदम त्यो क्यामेराको स्टयान्ड लगाएर बन्दुक तेस्र्याएर बसेको जस्तो लाग्ने । उहाँहरु बिचरा त्यो लिएर कुँदिरहनु पर्ने । अलि कस्तोकस्तो लाग्दो रहेछ त्यो । त्यसकारण यत्रो त गरिरहेका छौ हामीले । प्रेस मिट रुम एउटा भव्य बनाउन । जहाँ केही प¥यो माननीय सदस्यहरु पनि जानु हुन्छ । दलका नेताहरु पनि जानु हुन्छ । पत्रकार साथीहरु पनि त्यहाँ बस्नु हुन्छ । प्रवक्तालाई पनि सजिलो । त्यहाँ जानु हुन्छ । त्यसकारण यो नियमावलीको महत्वपूर्ण पार्ट हुन्छ । एउटा नियम राखेर यो भव्य व्यवस्था गरौं भन्ने आग्रह छ ।’

    उपाध्यक्ष नेम्वाङ पत्रकारहरुले संसदको मूलगेटमा दौडिएर नेताहरुको प्रतिक्रिया लिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend