logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • नेताहरुलाई कानून लागेन, कानून लागेको भए नेताहरु सबै जेलमा हुन्थे : सांसद भण्डारी

    नेताहरुलाई कानून लागेन, कानून लागेको भए नेताहरु सबै जेलमा हुन्थे : सांसद भण्डारी

    1.4K
    Shares
    नेताहरुलाई कानून लागेन, कानून लागेको भए नेताहरु सबै जेलमा हुन्थे : सांसद भण्डारी

    काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्रप्रसाद भण्डारीले नेपालमा नेताहरुलाई कानून नलागेको बताएका छन् । शुक्रवार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले नेपालमा कानून लागेको भए अहिले आफूलाई भगवान ठान्ने नेताहरु सबै जेलमा हुने बताए । उनले नेपालको कानूनले नेताहरुसमक्ष आत्मसमर्पण गरेको बताए । उनले आफूहरु लडेर ल्याएको प्रणालीमा सबै फूलहरु फुल्न पाउने भन्दै विवेकशील साझा पार्टी लगायत वैकल्पिक शक्तिहरुले देशका लागि काम गर्न आवश्यक रहेको बताए ।

    उनले भने, ‘हामीले जे सोचेर राजनीतिमा लागेका थियौँ । यिनै नेता ईश्वर हुन् भन्ने लागेको थियो, यिनका निम्ति हाम्रो समाज, हाम्रो संस्कृति, हाम्रो सम्बन्ध तहसनहस पा¥यौं । तर नेपालमा कानूनले काम गरेको भए हामीले मानेका धेरै नेताहरु जेलमा हुन्थे । नेपालमा कानूनले काम नै गरेन । आत्मसमर्पण गरे । यो एउटा पक्ष छ । हामीले ल्याएको प्रणालीमा सबै फूलहरु फुल्नसक्ने व्यवस्था हामीले गरेका छौँ ।’

    सांसद भण्डारीले युवा नेताहरु पार्टीमा नबोलेकोप्रति असन्तोष व्यक्त गरे । उनले युवाहरुमा अहिले आफ्नो पार्टीमा भएको चुनौतिको समाधान गरी देश बनाउने सपना बनाउनुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend