logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • लघुवित्तको कारण धेरै मानिसहरुले आत्महत्या गर्ने गरेको भन्दै अनुसन्धान गर्न साँसद भण्डारीको माग

    लघुवित्तको कारण धेरै मानिसहरुले आत्महत्या गर्ने गरेको भन्दै अनुसन्धान गर्न साँसद भण्डारीको माग

    952
    Shares
    लघुवित्तको कारण धेरै मानिसहरुले आत्महत्या गर्ने गरेको भन्दै अनुसन्धान गर्न साँसद भण्डारीको माग

    काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले लघुवित्तको कारण धेरै मानिसहरुले आत्महत्या गर्ने गरेको भन्दै सो विषयमा अनुसन्धान गर्नुपर्ने बताएका छन् । आईतवार बसेको प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै सांसद भण्डारीले लघुवित्तको चर्को व्याजदरका कारण धेरै मानिसहरुले आत्महत्या गर्ने सम्मको अवस्था आएको भन्दै यस सम्बन्धमा अनुसन्धान हुनुपर्ने बताएका हुन् ।

    उनले लघुवित्तका कारण बढीजसो महिलाहरुले आत्महत्या गर्ने गरेका भन्दै यस बारेमा सरकार मौन बसेको बताए । उनले लघुवित्तका कारण आत्महत्या गर्न बाध्य मानिसहरुलाई सरकारले सुरक्षित गर्नुपर्ने बताए । अनुसन्धान गरेर दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने सांसद भण्डारीको भनाई छ ।
    उनले भने– ‘ग्रामिण इलाकामा बस्ने जनताहरु लघुवित्तको कारणले गर्दा ४० जनाजतिले आत्महत्या गरेका छन् । चर्को व्याज र सेवा सुविधामा चर्को लेनदेनको कारणले गर्दा त्यसमा पनि अत्याधिक महिलाहरु परेको सञ्चारमाध्यमबाट आइरहेको छ । नेपालको कानूनी व्यवस्था, नेपालको न्याय प्रणाली कति छिटो, छरितो छ भन्नेकुरा रवि लामिछानेको मुद्दामा हामीले देख्यौँ । कतिछिटो सर्वोच्चले फैसला गर्दोरहेछ । कति छिटो प्रहरीले अनुसन्धान गर्दोरहेछ । तर नेपालमा यतिधेरै मानिसहरुले, महिलाहरुले आत्महत्या गर्नेकुरा राष्ट्रिय समाचार बन्दापनि यसको बारेमा हामी मौन छौँ । यसको बारेमा जानकारी पाउनुप¥यो र सरकारले सुरक्षित गर्नुप¥यो । के हो ? अनुसन्धानको दायराभित्र आउनुप¥यो । योभन्दा ठूलो अपराध मानव इतिहासमा केही पनि हुन सक्दैन । विकास, सहयोग, सेवाको नाममा होस् सबै ठग प्रणालीमा परिणत हुनु भएन ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend