logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • सांसद राजेन्द्र पाण्डेले गरे चालक अनुमति पत्र सञ्चालन कार्यविधि निर्देशिकाकाे बिरोध 

    सांसद राजेन्द्र पाण्डेले गरे चालक अनुमति पत्र सञ्चालन कार्यविधि निर्देशिकाकाे बिरोध 

    1.5K
    Shares
    सांसद राजेन्द्र पाण्डेले गरे चालक अनुमति पत्र सञ्चालन कार्यविधि निर्देशिकाकाे बिरोध 

    काठमाडौं । प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले यातायात व्यवस्था विभागले जारी गरेको सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ गलत भएको बताएका छन् ।

    बुधवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पाण्डेले विभागले जारी गरेको सो निर्देशिका अनुसार नेपालमा दुई खालका लाइसेन्स प्रयोगमा आउने भन्दै त्यसको बिरोध गरेका हुन् ।

    यस निर्देशिका अनुसार मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यानका लागि ७० नम्बर ल्याउँदा चालक हुन पाउने र ट्रक, बस, ट्याङ्कर, स्काभेटर, डोजर आदिलाई १०० नम्बर ल्याउनुपर्ने प्रावधान हुँदा दुई खालको लाइसेन्स हुने उनको भनाई छ ।

    त्यसो हुनु गलत भएको सांसद पाण्डेले बताए । उनले यस्तो प्रावधान हुनुले ४० प्रतिशत राजश्व घटाउने, कर्मचारीको तजबिजी अधिकार बढ्ने, परिक्षाका लागि कर्मचारी र लागत बढ्ने हुँदा खर्च बढ्दै जाने बताए । उनले यस प्रावधानले नेपालको लाइसेन्स अन्तर्राष्ट्रिय स्तरमा अमान्य हुनसक्ने चेतावनी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend