logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रदेश १ मा पहिलो पटक चलचित्र महोत्सव हुँदै

    प्रदेश १ मा पहिलो पटक चलचित्र महोत्सव हुँदै

    2.5K
    Shares
    प्रदेश १ मा पहिलो पटक चलचित्र महोत्सव हुँदै

    काठमाडौं । प्रदेश १ मा पहिलो पटक चलचित्र महोत्सव आयोजना हुने भएको छ । चलचित्र महोत्सव नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गर्न लागेको हो ।

    बुधवार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी दिइएको जानकारी अनुसार सुनसरी सदरमुकाम इनरुवामा फागुनको ७ गतेबाट महोत्सव शुरु हुनेछ । महोत्सव फागुनको १२ गतेसम्म चल्नेछ ।

    इनरुवा नगरपालिकाको संयोजन र प्रदेश सरकारको विशेष सहयोगमा आयोजना हुन लागेको महोत्सवलाई आयोजकले इनरुवा उत्सव तथा चलचित्र महोत्सवको रुपमा सञ्चालनमा ल्याउन लागेको छ ।

    चलचित्र महोत्सवमा दुई दर्जन बढी चलचित्र प्रदर्शन हुने आयोजकले जनाएको छ । महोत्सवलाई आयोजकले प्रदेश १ का कलाकारहरुको भावना र सम्मानलाई आत्मसाथ गर्दै दर्शकमाझ नेपाली चलचित्रलाई माया गर्ने परिपार्टीको विकास गर्ने माध्यमका रुपमा अघि बढाउन लागेको जनाएको छ ।

    पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महोत्सवमा स्थानीय कला प्रवद्र्धनसँगै विधागत प्रतिष्पर्धा र उत्कृष्ट व्यक्तित्व र कलाकारका रुपमा तारा सम्मान जस्ता कार्यक्रमको आयोजना गरिनेछ ।

    महोत्सवमा बेहुली प्रतियोगिता, फेन्सी ड्रेस, नृत्य, निवन्ध, कुस्ती लगायतका प्रतियोगिताका साथै राष्ट्रिय कलाकारको उपस्थितिमा सांस्कृतिक कार्यक्रम समेतको आयोजना हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend