logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • धर्मशालामा शङ्कराचार्यको अन्तर्क्रिया

    धर्मशालामा शङ्कराचार्यको अन्तर्क्रिया

    1.3K
    Shares
    धर्मशालामा शङ्कराचार्यको अन्तर्क्रिया

    काठमाडौँ । महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा जगन्नाथपुरीस्थित गोवर्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती काठमाडौँ आइपुगेका छन् ।

    शङ्कराचार्य निश्चलानन्द सरस्वती बिहीबार साँझ काठमाडौँ आइपुगेको कोषका संस्कृति महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए। शङ्कराचार्यलाई कोषका सदस्य सचिव डा मिलनकुमार थापालगायत कर्मचारीले स्वागत गरेका थिए ।

    शङ्कराचाय निश्चलानन्द सरस्वती पशुपति क्षेत्रस्थित नेपाल–भारतमैत्री धर्मशालामा बसेका छन् । उनको साथमा त्रिदण्डी स्वामी निर्विकलानन्द, ऋषिकेश ब्रह्मचारी, शङ्कराचार्यका अन्तर्राष्ट्रि«य प्रभारी प्रेमचन्द्र झालगायत सात सदस्यीय समूह रहेको छ ।

    शङ्कराचार्य निश्चलानन्द सरस्वतीले आज पशुपतिनाथमा दर्शन गर्ने कार्यक्रम छ । दर्शनपछि उनले पशुपति क्षेत्रस्थित शङ्कराचार्य मठमा प्रवचन दिनेकार्यक्रम रहेको बताइएको छ । आजै साँझ उनले धर्मशालामा हुने अन्तर्क्रिया कार्यक्रममा जिज्ञासुका प्रश्नको उत्तर दिने कोषले जनाएको छ ।

    शङ्कराचार्यसँगै महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा साधुसन्तको भीड लागेको छ । यस वर्ष महाशिवरात्रिमा करिब पाँच हजार साधुसन्त पशुपति क्षेत्रमा आउने अनुमान कोषको छ । पशुपति क्षेत्र आएका साधुसन्तलाई बिहीबारदेखि नै भोजन, आवास र धुनीको व्यवस्था गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend