काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको कैद मिनाहाको प्रक्रिया अघि बढाउने निर्णय गर्दै फाइल राष्ट्रपति कार्यालयमा पठाएको छ ।
महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा गृह मन्त्रालयले कैद मिनाहाका लागि फाइल मन्त्रिपरिषदमा पठाएको थियो । मन्त्रिपरिषदले फाइल राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरिसकेको हो ।
राष्ट्रपति कार्यालयले आगामी ७ फागुनमा प्रजातन्त्र दिवसका अवसरमा असल चालचलन भएका केही कैदीहरुको कैद माफीमिनाहा गर्दैछ ।
कैलाली–२ बाट निर्वाचित सांसद चौधरीमाथि ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजायको फैसला भएको थियो ।