एजेन्सी । किर्गिजस्तानले नारिन ओब्लास्टमा हिमपहिरोका कारण आपतकालीन अवस्थाको घोषणा गरेको छ । आपतकालीन अवस्था मन्त्रालयको प्रेस सेवाले शुक्रबार यस बारे उललेख गरेको छ।
बिश्केक–नारायण–टोरुगार्ट राजमार्गमा हिमपहिरोका कारण सम्भावित खतराका कारण नारिन ओब्लास्टका गभर्नरले आपतकालीन अवस्थाको घोषणा गरेका छन्।
अहिले उद्धारकर्ता र विशेष उपकरणसहित सरसफाईको कामलाई तीव्रता दिइएको छ । प्रारम्भिक जानकारी अनुसार हिमपहिरोका कारण कुनै पनि क्षति नभएको बताइएको छ ।