काठमाडौँ । नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने मिति नजिकिएसँगै बिहीबारका लागि नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको हो।
बैठकमा राष्ट्रपति चुनावको उम्मेदवार छनौटबारे छलफल हुनेछ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सक्किनै लाग्दा यतिबेला नयाँ राष्ट्रपतिका लागि राजनीतिक दल र त्यसका शीर्ष नेताहरूको दौडधुप चलिरहेको छ।