logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • नागरिक उन्मुक्तिका सांसद चौधरीको निलम्बन फुकुवा

    नागरिक उन्मुक्तिका सांसद चौधरीको निलम्बन फुकुवा

    1.5K
    Shares
    नागरिक उन्मुक्तिका सांसद चौधरीको निलम्बन फुकुवा

    काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित संघीय सांसद अरुण चौधरीको निलम्बन फुकुवा भएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकले सांसद चौधरीको निलम्बन फुकुवा गरेको हो । सभामुख देवराज घिमिरेले सांसद चौधरीले आममाफी पाएको सम्बन्धी गृहमन्त्रालयको पत्र पढेर सुनाएका हुन् ।

    करिब १२ वर्षअघि ट्याक्टर जलाएको अभियोगमा पक्राउ परेका चौधरीलाई अदालतको आदेश कार्यान्वयनका लागि कारागार चलान गरिएको थियो । कारागार चलान भएसँगै उनको सांसद पद निलम्बनमा परेको थियो । उनलाई प्रजातन्त्र दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकी हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend