काठमाडौँ । नेपाली कांग्रेसले चितवन–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छान्ने अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ । आज (शनिबार) बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले एकैपटक उपनिर्वाचनका लागि आयोगमा दल दर्ता गर्ने र उम्मेदवार चयनको अधिकार सभापति देउवालाई दिने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
चितवन–२ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि १० वैशाखमा उपनिर्वाचन हुँदैछ ।