काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह सामाजिक सञ्जालमा दिने अभिव्यक्तिका कारण बेलाबेलामा चर्चा र विवादमा आउने गर्दछन् । उनले सामाजिक सञ्जालमा दिने अभिव्यक्ति राजनीतिक दलप्रति लक्षित हुने गरेको छ ।
यस्तैमा मेयर शाहले आज फेरि सामाजिक सञ्जालमार्फत आफूलाई राजीनामा दिन लगाउन खोजिएको बताएका छन् । उनले लेखका छन्, ‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् । यो देश कहिल्यै पनि बन्दैन।’
उनले किन यसरी सामाजिक सञ्जालमा राजीनामाको कुरा उल्लेख गरे भन्नेचाहिँ केही खुलाएका छैनन् ।