logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • युद्धग्रस्त यमनमा सहयोगका लागि संयुक्त राष्ट्रसङ्घद्वारा चार अर्ब तीस करोड डलर माग

    युद्धग्रस्त यमनमा सहयोगका लागि संयुक्त राष्ट्रसङ्घद्वारा चार अर्ब तीस करोड डलर माग

    924
    Shares
    युद्धग्रस्त यमनमा सहयोगका लागि संयुक्त राष्ट्रसङ्घद्वारा चार अर्ब तीस करोड डलर माग

    एजेन्सी । संयुक्त राष्ट्रसङ्घले युद्धग्रस्त यमनका लाखौं मानिसलाई सहयोग गर्न यस वर्ष चार अर्ब ३० करोड अमेरिकी डलर आवश्यक पर्ने बताएको छ ।

    आठ वर्षदेखि जारी गृहयुद्धका कारण तहसनहस भएको देशका एक करोड ७० लाखभन्दा बढी मानिसलाई सहयोग गर्न सहायता संस्थाहरूले उक्त रकम माग गरेका हुन् ।

    यस द्वन्द्वले लाखौं मानिसको ज्यान लिइसकेको छ र अरब प्रायद्वीपको सबैभन्दा गरिब देशलाई विश्वको सबैभन्दा खराब मानवीय त्रासदीमा डुबाएको छ ।

    यमन जलवायु सङ्कटको प्रभाबको अग्रपङ्क्तिमा रहेको र भीषण खडेरी र बाढीले जीवनलाई खतरामा पारेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

    “विश्वव्यापी मानवीय आवश्यकताहरूले दाताहरूको सहयोगलाई पहिले कहिल्यै विस्तार नगरेका भएपनि यमनमा सहायता अभियानका लागि निरन्तर सहयोग बिना लाखौं यमनीको जीवन सन्तुलनमा नरहने र द्वन्द्व सदाका लागि अन्त्य गर्ने प्रयास अझ चुनौतीपूर्ण हुनेछ,” संयुक्त राष्ट्रसङ्घले सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।

    सन् २०१५ मा हुथी विद्रोहीले राजधानी साना र देशको ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिएपछि साउदी नेतृत्वको गठबन्धनले सरकारलाई समर्थन गर्न हस्तक्षेप गरेको थियो । गत बर्ष अप्रिल २ मा शुरू भएको युद्धविराम गत अक्टुबरमा समाप्त भएको थियो ।

    जेनेभामा सोमबार हुने दाता सम्मेलनमा भाग लिन आएका संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले अन्तर्राष्ट्रिय समुदायसँग यो सङ्कट अन्त्य गर्ने शक्ति र साधन रहेको बताएका छन् । “यो हाम्रो अपीललाई पूर्ण रूपमा वित्तपोषण गरेर सुरु हुन्छ र संयुक्त राष्ट्रसङ्घ चाँडै रकम वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्दछ,” उनले बताए ।

    गत वर्ष संयुक्त राष्ट्रसङ्घले सहायता एजेन्सीहरूलाई हरेक महिना देशभरका करिब एक करोड १० लाख मानिससम्म पुग्नका लागि २।२ अर्ब अमेरिकी डलरभन्दा बढी रकम जुटाएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend