logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सुडानका चालीस लाख बालबालिकालाई कुपोषण

    सुडानका चालीस लाख बालबालिकालाई कुपोषण

    1.2K
    Shares
    सुडानका चालीस लाख बालबालिकालाई कुपोषण

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घले सुडानका कम्तीमा पनि ४० लाख बालबालिकामा कुपोषणको समस्या रहेको जनाएको छ ।संयुक्त राष्ट्रसङ्घीय एक प्रतिवेदनमा सुडानका महिला र बालबालिका गरी कम्तीमा पनि ४० लाखमा यस्तो समस्या रहेको पाइएको बताइएको छ ।

    सो प्रतिवेदनमा सन् २०२३ सम्ममा सुडानका पाँच वर्ष मुनिका बालबालिका र गर्भवतीमा यस्तो समस्या रहेको र उनीहरुलाई सहयोगको आवश्यकता रहेको बताइएको हो ।

    तीमध्ये छ लाख ११ हजार जना बालबालिका चरम कुपोषणमा रहेका संयुक्त राष्ट्रसङ्घीय अधिकारीहरुले जनाएका छन् ।

    केही समयदेखि आन्तरिक राजनीतिक समस्यामा फसेको सुडानमा धेरै समयदेखि आर्थिक समस्याहरु देखिँदै आएको छ । जसका कारण यहाँका नागरिक समस्यामा परेका छन् ।

    खडेरी, आर्थिक मन्दी, खाद्य असुरक्षा आदिका कारण यहाँका लाखौँ लाख नागरिक विस्थापित भएर बसेका छन् । विस्थापित भएका अरु दशौँ लाख मानिसलाई मानवीय सहायताको खाँचो रहेको पनि बताइएको छ ।

    संयुक्त राष्ट्रसङ्घले यहाँ मानवीय सहयोगका कार्यक्रमहरु सञ्चालन गरिरहेको भए पनि यसबाट पर्याप्त नरहेको पाइएको समाचार जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend