logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • संघीय निजामति ऐन र प्रहरी समायोजन ऐनमा सरकारको भविष्य जोडिन्छ : अध्यक्ष यादव

    संघीय निजामति ऐन र प्रहरी समायोजन ऐनमा सरकारको भविष्य जोडिन्छ : अध्यक्ष यादव

    1.2K
    Shares
    संघीय निजामति ऐन र प्रहरी समायोजन ऐनमा सरकारको भविष्य जोडिन्छ : अध्यक्ष यादव

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय निजामति ऐन र प्रहरी समायोजन ऐनमा सरकारको भविष्य जोडिएको बताएका छन् ।

    बुधवार जनकपुरमा आयोजित मधेस प्रज्ञा प्रतिष्ठानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् । उनले सरकारले चाँडै नै संघीय निजामति ऐन र प्रहरी समायोजन ऐन पास गर्नुपर्ने बताए । उनले प्रदेश सरकारको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र साधनस्रोत नहुँदा आवश्यक्ताअनुसार काम गर्न नसकेको दाबी गरे । अध्यक्ष यादवले संघीय निजामति ऐन तत्काल पास गरेर प्रदेशमा कर्मचारीतन्त्र स्थापना गर्नुपर्ने र प्रहरी समायोजन गरी प्रदेशलाई हस्तान्तरण गर्न जरुरी भइसकेको बताए ।

    उनले भने, ‘संघीय निजामति ऐनको आधारमा केन्द्र सरकार कसरी अघि बढ्छ भन्ने थाहा हुन्छ । एउटा संघीय निजामति ऐन छिटो पास गर्नुपर्छ र प्रदेश कर्मचारीतन्त्रको स्थापना गर्नुहोस् । प्रहरी समायोजन गरेर प्रदेशलाई अधिकार हस्तान्तरण गर्नुपर्छ । प्रशासनिक शक्ति प्रदेशलाई हस्तान्तरण गर्नुपर्छ ।’

    अध्यक्ष यादवले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता फर्काउने आवाज उठेपनि अब सम्भव नरहेको दाबी गरे । उनले लोकतन्त्र र गणतन्त्रको विकल्प अरु हुनै नसक्ने जिकिर गरे ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend