काठमाडौं । सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच बुधवारबाट एकीकृत कारोबार शुरु भएको छ । बुधवार काठमाडौंमा एक मर्जर कार्यक्रम गर्दै सिद्धार्थ र प्रिमियर दुई इन्स्योरेन्सले एकीकृत कारोबार शुरु गरेको हो । एकीकृत कारोबारको शुभारम्भ बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरे ।
उनले सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स बीचको एकीकृतको शुभारम्भ गर्दै बीमा कम्पनीले पुँजी मात्र बृद्धि गर्ने भन्दा पनि राम्रो पोलिसी ल्याएर व्यापार गर्न सक्नुपर्ने बताए । उनले पछिल्लो समय भइरहेको इस्योरेन्सहरुको मर्जर स्वतःस्फुर्त भएको बताए । उनले कम्पनीहरुले नीति निर्देशनमा बसेर बिजनेस गर्न सक्नुपर्ने बताए । उनले बीमा कम्पनीको लोगो परिवर्तन गरेर, पुँजी बढाएर मात्रै बीमा प्रतिको विश्वास बढ्न नसक्ने बताए । उनले पूँजी अनुसारको व्यवसाय गरे, बजारमा सकारात्मक इमेज राख्नसके, बीमा दाबी भुक्तानी समयमा दिनसकेमात्रै बीमाप्रतिको विश्वास बढ्ने बताए । उनले बीमा कम्पनीले समयमा दाबी भुक्तानी नगरे ग्राहकले बीमाप्रति नकारात्मक धारणा बनाउने बताए । अध्यक्ष सिलवालले बीमा कम्पनीहरु काठमाडौं केन्द्रित भएको बताउँदै अब काठमाडौंबाहिर पनि कम्पनीहरुले बीमा गर्नुपर्ने बताए । उनले कम्पनीका कर्मचारीलाई बिजनेस गर्न र दाबी परेपछि तिर्न पनि सिकाउनुपर्ने बताए । उनले अब क्षेत्र अनुसारको नीति ल्याउन आवश्यक रहेको बताए । उनले कम्पनीलाई आफै पुँजी बढाउन वा मर्जरका माध्यमबाट पुँजी बढाउनसक्ने दुई विकल्प मध्य मर्जर रोजेको बताए ।
त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले दुई इन्स्योरेन्सको अनुभव र क्षमताले नेपालको बीमा क्षेत्रमा अतुलनिय योगदान पु¥याउने विश्वास लिएको बताए । उनले ग्राहकहरुलाई गुणस्तरिय बीमा सेवा दिने मर्जरको एक मात्रै उद्देश्य रहेको बताए ।
उनले मर्जरपछि विगतको भन्दा सवल र सक्षम भएर लाग्ने बताए ।