logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मिटरब्याज र लघुवित्तबाट पीडितहरुले गरे जनकपुरमा प्रदर्शन

    मिटरब्याज र लघुवित्तबाट पीडितहरुले गरे जनकपुरमा प्रदर्शन

    1.4K
    Shares
    मिटरब्याज र लघुवित्तबाट पीडितहरुले गरे जनकपुरमा प्रदर्शन

    जनकपुर । मिटरब्याज तथा लघुवित्त पीडितहरुले जनकपुरधाममा सरकारबिरुद्ध प्रदर्शन गरेका छन् । बिहीवार मिटरब्याज तथा लघुवित्त पीडित संघर्ष समिमितले मधेस प्रदेश सरकारलाई १५ साउनमा बुझाएको ७ बुँदे मागसहितको ज्ञापनपत्रमाथि कुनै सुनुवाई नभएको भन्दै सडक आन्दोलन गरेको हो ।

    बिनाधितो ऋण दिने प्रलोभनमा पारेर चरम आर्थिक शोषण गर्दै आएको भन्दै जनकपुरधाममा मिटरब्याजबाट पीडितहरुले मिटरब्याजी र लघुवित्त वित्तीय संस्थाबिरुद्ध प्रदर्शन गरेका छन् ।

    पीडितहरुले जनकपुरको रंगभूमि मैदान बाह्रविघाबाट शुरु भएको पीडितहरुको जानकीचोक, जनकचोक, रामचोक, कदमचोक, भानुचोक र मिल्स क्षेत्रमा बिरोध प्रदर्शन गरेका छन् ।

    उनीहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय समेत घेराउ गर्ने प्रयास गरेका थिए । संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले कानून भन्दा बाहिर गएर मिटरब्याज र लघुवित्तले मधेशका जनतालाई मारमा पारेको आरोप लगाए ।

    उनले मिटर ब्याजबिरुद्ध संघर्ष समितिले १० सूत्रिय माग राख्दै आएको बताए । उनले मिटरब्याज पीडितमाथि सुतखोरको शोषण बढेको, मुद्दा लगाएर जेल पठाउने काम गरिरहेको र घर, घडेरी, सम्पती गैरकानूनी रुपमा कब्जा गर्ने काम गरेको बताए ।

    उनले ऋण लिँदा आकर्षक अफर भन्ने र पछि ३६ प्रतिशतसम्म ब्याज असुल्ने गरी सञ्चालक रातारात करोडपति बनेको आरोप लगाए । उनले गाउँ बस्ती र सहर बजार जताततै महिला समूह गठन गर्दै बिनाधितो ऋण दिने प्रलोभनमा वचतको नाममा रकम लुटेर आफू मोटाउने र समुदायलाई कंगाल बनाउने गरेकाले आन्दोलनमा उत्रिनुपरेको जानकारी दिए ।

    संर्घष समितिले मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, पीडितहरुको जफत गरिएको सम्पती फिर्ता गर्नुपर्ने, मिटर ब्याजीको सम्पती छानबिन गर्नुपर्ने, सहुलियत दरमा ऋणको व्यवस्था, मिटर ब्याजीबाट पीडितलाई न्याय दिनुपर्ने, मिटर ब्याजीबाट पीडितमाथि गरिएको यौन शोषणको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको छ ।

    यस्तै तमसुक व्यवस्था खारेज गर्नुपर्ने, लघुवित्तको ज्यादती बन्द हुनुपर्ने, गरिबलाई झुक्याएर पैसा लुट्ने लघुवित्त माथि कारबाही गर्नुपर्ने लगाएतको माग छ ।

    प्रदर्शनमा सहभागीहरूले सुदखोरहरूलाई गिरफ्तार गर्, तमसुक व्यवस्था खारेज गर्, मिटरब्याजीको सम्पति छानबिन गर्, पीडितको सम्पती फिर्ता गर्, मिटरब्याजीले गरेको यौन शोषणको छानबिन गरी दोषीलाई कारवाही गर् लगायतका नाराहरू लगाएका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend