logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • जसपा सम्बद्ध विद्यार्थी संगठनको घोषणापत्र सार्वजनिक

    जसपा सम्बद्ध विद्यार्थी संगठनको घोषणापत्र सार्वजनिक

    2.1K
    Shares
    जसपा सम्बद्ध विद्यार्थी संगठनको घोषणापत्र सार्वजनिक

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध समाजवादी विद्यार्थी युनियनले घोषणापत्र सार्वजनिक गरेको छ । चैत्र ५ गते हुन लागेको स्ववियु निर्वाचन लक्षित घोषणापत्र संगठनले शनिबार सार्वजनिक गरेको हो ।

    मुलुकको वास्तविक धरातलमा उभिएर आजसम्मको क्रान्तिले सिर्जना गरेको चेतनालाई सम्बोधन गर्न समाजवादी विद्यार्थी युनियनले संघीय समाजवादी शिक्षा प्रणालीलाई आम जनता र मुलुकको सर्वोपरी हित र समृद्धिको लागि हुनुपर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

    संगठनले उठाएको शिक्षा प्रणालीको मूलभुत विशेषताहरुमा त्रैभाषिक शिक्षा, आदर्शवादी समाज र मौलिक विज्ञान र प्रविधिको विकास, संघीय समाजवादी संस्कृतिको विकास, संघीय समाजवादी मनोविज्ञान, संघीय समाजवादी विश्व दृष्टिकोण, प्राकृतिक श्रोत साधनको व्यवस्थित विकास, भूबनोट अनुसारको व्यवस्थित जल जमीन, जङ्गलमाथिको स्थानीय स्वामित्व, सामुदायिक शिक्षा प्रणाली रहेको बताइएको छ ।

    समाजवादी विद्यार्थी युनियनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने विषयलाई घोषणा पत्रमा उठाएके छ । बर्षौदेखि बहिष्करणमा परेका आदिवासी जनजाति, मधेसी, महिला, मुस्लिम, दलित, अपाङ्ग भएका व्यक्ति तथा यौनिक अल्पसंख्यक समुदायलाई राज्यका हरेक अंगमा प्रतिनिधित्व गराउनु नै समानुपातिक समावेशी हो, घोषणापत्रमा भनिएको छ ।

    विद्यार्थी, शैक्षिक प्रणाली, विश्वविद्यालयको वेथिति, भ्रष्टाचार लगायतका विषयहरु समेटिएको २६ बुँदाहरु आफ्ना प्रतिबद्धताको रुपमा प्रस्तुत गर्दै संगठनले सम्पूर्ण मतदाता विद्यार्थीहरुसँग समाजवादी विद्यार्थी युनियनलाई मतदान गर्न अपिल गरेको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend