logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • नेकपा (एकीकृत समाजवादी) का नेता उपाध्यायको उपचारका क्रममा निधन

    नेकपा (एकीकृत समाजवादी) का नेता उपाध्यायको उपचारका क्रममा निधन

    3.4K
    Shares
    नेकपा (एकीकृत समाजवादी) का नेता उपाध्यायको उपचारका क्रममा निधन

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता सरोजकुमार उपाध्यायको उपचारका क्रममा निधन भएको छ ।

    आज दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको छ तलामाथिबाट खसी उनी घाइते भएका थिए। रेष्टुराँबाट खस्दा सुरुमा विजुलीको तारमा परेको र त्यसपछि उनी भूँइमा खसेका थिए । उनलाई सुरुमा नयाँबानेश्वरस्थित निजामति कर्मचारी अस्पताल पुर्‍याइएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि उनलाई माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पुर्‍याइएको थियो ।

    नेता उपाध्याय पूर्वप्रधानमन्त्री एवमं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका कान्छो भाई हुन्। ६२ वर्षीय उपाध्याय इन्जिनियर हुन्। उनी पछिल्लो समय एकीकृत समाजवादीमा संलग्न थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend