logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • जनता समाजवादी पार्टी फुट्यो, अशोक राईले गठन गरे ३० सदस्य कार्यसमिति

    जनता समाजवादी पार्टी फुट्यो, अशोक राईले गठन गरे ३० सदस्य कार्यसमिति

    3.6K
    Shares
    जनता समाजवादी पार्टी फुट्यो, अशोक राईले गठन गरे ३० सदस्य कार्यसमिति

    काठमाडौँ । जनता समाजवादी पार्टी फुटेको छ । अशोक राईले नेतृत्व गरेको जनता समाजवादी पार्टीले आइतबार ३० सदस्य कार्यसमिति गठन गरेको छ । राईको अध्यक्षतामा काठमाडौंको खुसिबुँमा भएको बैठकले नयाँ दल गठन गरेको हो।

    आज बसेको उक्त बैठकले राईको नेतृत्वमा ३० सदस्यीय कार्यसमिति गठन गरेको हो । जस अनुसार पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ चयन भएका छन् ।

    यसैगरी रेणु यादवलाई सहअध्यक्ष रहेकी छिन् । नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम बस्नेत, सुशीला श्रेष्ठ उपाध्यक्षमा चयन भएका छन् ।

    पार्टीको महासचिवमा इस्तियाक राईलाई चयन गरिएको छ । उपमहासचिवमा प्रदीप यादव, सचिवमा दीपक कार्की र रञ्जु ठाकुरलाई चयन गरिएको छ ।

    कोषाध्यक्षको जिम्मेवारी डा. वीरेन्द्र महतोलाई तोकिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend