logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • लैंगिक समानताका लागि काम गर्न राष्ट्रसंघीय महासचिवको आग्रह

    लैंगिक समानताका लागि काम गर्न राष्ट्रसंघीय महासचिवको आग्रह

    1.8K
    Shares
    लैंगिक समानताका लागि काम गर्न राष्ट्रसंघीय महासचिवको आग्रह

    एजेन्सी । राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले महिला समानताका लागि काम गर्न आग्रह गरेका छन् । उनले अहिले पनि लैंगिक विभेद रहेको र महिला र पुरुषबीचको समानताका बीचमा खाडल (ग्याप) रहेकाले यसलाई समान गराउने क्षेत्रमा अझै काम गर्नुपर्नेमा जोड दिएका हुन् ।

    उनले अहिले महिला र पुरुषका बीचमा देखिएको खाडललाई कम गर्नका लागि विज्ञान र प्रविधिका क्षेत्रमा उनीहरुलाई पनि सहभागी गराएर काम गर्नुपर्नेमा जोड दिए ।अहिले पनि महिलाको पहुँच विज्ञान र प्रविधिका क्षेत्रमा कम देखिएकोले यस क्षेत्रमा उनीहरुको पनि समान पहुँच कायम गर्न सकेमा यसले लैंगिक समानता कायम गर्न सहयोग पुग्नेछ उनले भनेका छन् ।

    विश्वमा महिलाको अवस्थासम्बन्धी राष्ट्रसङ्घीय एक आयोगको सत्रलाई सम्बोधन गर्दै उनले सो धारणा राख्नुभएको हो ।यही मार्च ८ मा विश्वभर मनाइने अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजित सो कार्यक्रममा उहाँले यी धारणा राखेका हुन् ।यसवर्षको सो दिवस महिलालाई पनि विज्ञान र प्रविधिका क्षेत्रमा समान पहुँच दिनुपर्ने अवधारणाका साथ मनाइँदैछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend