काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कारोबार सामान्य अंकले बढेको छ ।
नेप्से १४.४१ अंकले बृद्धि भई १९५२.६६ पुगेको छ । लगातार घटिरहेको नेप्से आज सामान्य अंकले बृद्धि भएको हो । आज मंगलबार कूल एक अर्ब २० करोड हजार रुपैयाँको कारोबार भएको छ ।
आज सर्वाधिक १९६३.७५ सम्म पुगेको शेयर बजार घटेर १९५२.६६ मा सीमित हुन पुगेको छ ।