२०८१ मंसिर १२ बुधबार
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू मा पपुवा न्युगिनी विरुद्ध नेपालको ओपनर आसिफ शेखले अर्धशतक पूरा गरेका छन् । कुशल भुर्तेलसँग ओपनिङ गरेका उनले ४७ बलमा अर्धशतक पूरा गरेका हुन् ।
त्यसक्रममा उनले २ छक्का र ५ चौका हाने ।