काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र प्रेमी मानव सुवेदीबीच आज (बुधबार) चितवनको सौराहाको एक रिसोर्टमा विवाह गरेका छन् । आफन्त र निकट साथीभाइको उपस्थितिमा उनीहरुको वैवाहिक कार्यक्रम भइरहेको छ ।
सुरक्षा आफैंले सामाजिक सञ्जालबाट विवाहको तस्वीर सार्वजनिक गरेकी छन् ।
अभिनेत्री सुरक्षा र मानव ६ वर्षदेखि प्रेम सम्बन्धमा छन् । सानो जमघटमा गरिएको विवाहमा मानव र सुरक्षाका दुवै पक्षका परिवार र आफन्त उपस्थित छन् ।
यी दुईले विवाहको एक दिनअघि इन्गेजमेन्ट र मेहेन्दी समारोह गरिसकेका छन् ।