काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की प्रमिला यादवले उपराष्ट्रपति पदमा दिएको उम्मेदवारी फिर्ता लिएकी छन् । उनले पार्टीकै नेता रामसहाय यादवलाई समर्थन गरेकी हुन् ।
उनले एक विज्ञप्ति जारी गरि उम्मेदवारी फिर्ताको घोषणा गरेकी छन् ।
विज्ञप्तिमा उनले स्वच्छ छवि र उच्च विचारका राम सहायलाई समर्थन गरेको जनाउँदै उनलाई सहयोग गर्न सबैलाई अपिल पनि गरेकी छन् ।