logo

२०८१ असोज १६ बुधबार

logo
  • बुधबार, १६ असोज २०८१
  • कार्यपालिका बैठक भत्ता शिक्षकशिक्षिकाको तलबमा

    कार्यपालिका बैठक भत्ता शिक्षकशिक्षिकाको तलबमा

    1.2K
    Shares
    कार्यपालिका बैठक भत्ता शिक्षकशिक्षिकाको तलबमा

    तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाले कार्यपालिकाको बैठक भत्ता शिक्षकशिक्षिकालाई तलब खुवाउनका उपलब्ध गराउने गरेको छ । उक्त बैठकबाट प्राप्त हुने भत्ता रकमले १२ शिक्षकशिक्षिकलाई मासिक जनही रु २० हजारका दरले तलब प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

    सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न गाउँपालिकाले शैक्षिक क्षेत्रमा प्राथमिकता दिएर काम गर्दै आएकामा आगामी वैशाखदेखि कम्तीमा दुईवटा स्कुल बस सामुदायिक विद्यालयलाई प्रदान गरी सेवा सञ्चालन गर्न लागेकोे छ ।

    गाउँपालिकाले ज्येष्ठ नागरिक, सुत्केरी, अपाङ्गता, असहाय र गरिबका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको उनले बताए । गाउँपालिकाभित्र करको दायरमा आएका व्यवसायीलाई २० प्रतिशत एम्बुलेन्स सेवामा छुटको व्यवस्था गरिएको पनि जनाइएको छ ।

    गाउँपालिकाले एम्बुलेन्स खरिद गरी नाफामुखीभन्दा पनि सेवामूलक भावनाले काम गर्दै आएको पालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । एम्बुलेन्सलाई आवश्यक पर्ने तेल र चालकको तलबका लागि सहयोग मिल्दै आएको उनले बताए ।

    नागरिक सेवा कक्ष

    त्यसैगरी, गाउँपालिकाले कार्यालयको पहिलो तलामा नागरिक सेवा कक्ष सञ्चालनमा ल्याएको छ । सेवाग्राहीले सेवा लिन कोठा–कोठा चाहर्नुपर्ने समस्या बढेकाले े एकै स्थानबाट सेवा दिन उक्त कक्ष सुरुआत गरिएको हो । निवेदन, फोटोकपी, नक्सापासलगायत सेवामा गाउँपालिकाले निःशुल्क गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend